तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित १ जनालाई पक्राउ गरेको छ ।

नक्कली  पैसा छापी कारोबार गरिरहेको भन्ने विशेष सुराकीको आधारमा आज नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिका वडा नम्बर १३ का राजाराम दनुवारले नक्कली पैसा छापिरहेको भन्ने विशेष सुराकीको आधारमा मेलम्ची नगरपालिका वडा नम्बर १२ को बि आर एस मोबाइल हाउसबाट पक्राउ गरिएको निरीक्षक तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेका दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको निरीक्षक तामाङले जानकारी दिनुभयो । मेलम्चीमा प्रहरी निरीक्षक फलबहादुर तामाङ आएसँगै विभिन्न अपराधमा संलग्न भई फरार रहेका अभियुक्त धमाधम पक्राउ परिरहेका छन् । तामाङ निरीक्षक भएर आएसँगै शान्ति सुरक्षा सुदृढीकरण भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button