तपाईँ सुन्दै हुनुहुन्छः

हङकङको प्रगतिका निम्ति निर्वाचन कानून सुधार गर्ने निर्णय

काठमाडौँ । चीनको राज्य शक्तिको सर्वोच्च निकाय राष्ट्रिय जनकङ्ग्रेस (एनपिसी) को हालै सम्पन्न १३औँ महासभाको चौथो बैठकले हङकङलाई ‘एक देश दुई पद्धति’ अभ्यासका संरचना सुधार तथा सुरक्षालाई दिगो बनाउन महत्त्वपूर्ण निर्णय गरेको छ ।

महासभाले संविधान तथा मौलिक कानुनअनुसार हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन कानुनमा सुधार गर्ने निर्णय गरेको तथा त्यसबाट एक देश दुई पद्धतियुक्त प्रजातान्त्रिक हङकङको निरन्तर प्रगतिका निम्ति सहयोग पुग्ने यहाँस्थित चिनियाँ राजदूतावासले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालले अङ्गीकार गरेको एक चीन नीतिको प्रशंसा गर्दै विज्ञप्तिमा एक देश दुई शासन पद्धतियुक्त हङकङको भविष्य समुज्ज्वल भई त्यसबाट नेपालसहित अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका थप अवसर प्राप्त हुने विश्वास गरिएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button