भोजपुर परिवार दक्षिण कोरियाबाट अक्षय कोष स्थापना
भोजपुर । सदरमुकाममा सञ्चालनमा रहेको भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयमा चार लाख बराबरको अक्षय कोष स्थापना गरिएको छ । भोजपुर परिवार दक्षिण कोरियाको सहयोगमा कोष स्थापना गरिएको हो ।
अक्षयकोषमा रहेको रकमको ब्याजले प्रत्येक शैक्षिक सत्रमा विद्यालयमा अध्ययनरत सम्पूर्ण बहिरा बालबालिकाहरूलाई विद्यालय पोसाक वितरण गर्ने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।
भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको उपस्थितिमा भोजपुर परिवार दक्षिण कोरियाका प्रतिनिधि मार्फत चेक हस्तान्तरण गरिएको छ । सोही क्रममा विद्यालयमा अध्ययनरत १५ जना बालबालिकालाई जिल्ला अस्पताल भोजपुरका डेन्टल हाइजिनिष्ट डाक्टर एलिना थापाले विद्यालयलाई पोसाक र डाक्टर सञ्जय रानामगरले दराज सहयोग गर्नुभएको छ ।
विद्यालयमा बहिरा विद्यार्थी बढ्दै गए पनि आर्थिक स्रोतका कारण समस्या देखिएको अवस्थामा अक्षय कोष स्थापनाले बिद्यार्थीहरुको पोसाक व्यवस्थापनको लागि मद्दत गरेको भोजपुर बहिरा संघका अध्यक्ष सिताराम ओझाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्