तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा २ हजार २ सय २७ जना उत्तीर्ण

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागी रहेका थिए ।

सबै प्रदेशका परीक्षा केन्द्रमा सञ्चालन भएको सो परीक्षाको नतिजा शुक्रवार साँझ प्रकाशित गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी रुपमा सञ्चालन हुने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button