तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका मुख्य महान्यायाधिवक्ता खनालद्वारा शपथ ग्रहण

सुर्खेत ।  कर्णाली प्रदेशको मुख्य महान्यायाधिवक्ता मातृका प्रसाद खनाल नियुक्त हुनु भएको छ ।
नवनियुक्त मुख्य महान्यायाधिवक्ता खनालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा आज  उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधीश राजेश्वर तिवारीले एक समारोहका बीच खनाललाई मुख्य महान्यायाधिवक्ता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
यसअघि मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्था अनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य महान्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु भएको थियो ।
मुख्यमन्त्रीको सिफारिसको आधारमा प्रदेश प्रमुख कलौनीले मुख्य महान्यायाधिवक्ता खनाललाई नियुक्त गर्नु भएको हो ।
यस अघिका मुख्य महान्यायाधिवक्ता विद्याभुषण मानन्धरको फागुन १३ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button