सल्यानमा आगलागी हुँदा दुई घर जलेर नष्ट

सल्यान। कपुरकोट गाउँपालिका २ दानवाङमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् भने एक घरमा सामान्य क्षति भएको छ ।
स्थानीय शुक बहादुर बुढा र खर्क बहादुर घर्तीको फुसको छाना भएका दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ । केशर घर्तीको जस्ता पाताले छाएको घरको एक तर्फको भाग जलेको पिडितले जानकारी दिए ।
आगलागीबाटे घरमा रहेको अन्नपात, लत्ता कपडा र शुक बहादुर को नगद १५ हजार र खर्क बहादुरको दुई लाख ५० हजार नगद र एब तोला सुन नष्ट भएको छ । घरमा कोही नभएको समयमा अकस्मात आगलागी भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
स्थानीय, नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएकाले अन्य घरहरु जल्नबाट जोगिएको प्रहरी चौकी कपुरकोटका प्रमुख यम बहादुर बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्