तपाईँ सुन्दै हुनुहुन्छः

अर्मेनियामा अग्रिम निर्वाचन घोषणा

अर्मेनियाका प्रधानमन्त्री निकोलस पशिन्यानले अग्रिम निर्वाचन घोषणा गरिएको छ ।नयाँ संसद गठनका लागि उहाँले आगामी जुनमा हुनेगरी बिहीबार अग्रिम निर्वाचन घोषणा गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

देशमा राजनीतिक संकट गहिरिदै गएपछि उहाँले राजनीतिक निकासका लागि भन्दै संसदको कार्यकाल बाँकी रहदाँ रहँदै निर्वाचनको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री पशिन्यानलाई तत्काल राजीनामा दिन विपक्षीहरूले लामो समयदेखि चर्को दवाव दिँदै आएका थिए । राजीनामा दिनुको सट्टामा उहाँले निर्वाचन घोषणा गर्नुभएको हो ।

उहाँले आगामी जुन २० तारिखका दिन निर्वाचन गर्नेगरी तयारी सुरु गरिसकिएको पनि जानकारी दिनुभएको छ । त्यसका लागि तयारी अवस्थामा रहन र सहभागी हुन पनि उहाँले सवैलाई आह्वान गर्नुभएको छ ।

अजरबैजानसँग नागोर्नो—काराबाखमा युद्ध भएपछि अजरबैजानमा राजनीतिक विवाद सुरु भएको हो । सोही विवाद बढ्दै गएपछि अहिले अग्रिम निर्वाचन घोषणासम्मको अवस्था सिर्जना भएको हो ।

प्रधानमन्त्रीविरुद्ध आन्दोलनरत विपक्षीहरुले सरकारी कार्यालयहरु बन्द गराउने, सडक अवरोध गर्नेलगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

नागोर्नो—काराबाखमा भएको भिडन्तका क्रममा छ हजारभन्दा बढी मानिस मारिएका छन् । अर्मेनिया र अजरबैजानबीचको भौगलिक विवादलाई विश्वकै पुरानो र लामो विवाद मानिन्छ। त्यस क्षेत्रमा सन् १९८० को अन्त्यदेखि दुई पक्षबीचको लडाइ सुरु भएको हो ।

विवाद भएको क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा भनेर मान्यता दिइएको क्षेत्र हो । तर त्यहाँ अर्मेनियाली जातीय पृथकतावादी समूहले कब्जा गरेका छन् ।

सन् १९९० दशकको सुरुवातमा उक्त क्षेत्र विभाजित हुँदा त्यहाँ भएको लडाइमा दशौँ हजार मानिसहरू मारिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button