तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा जीप दुर्घटना हुँदा ३ जना घाइते

अछाम । अछाममा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

सदरमुकाम मङ्गलसेनबाट कालागाउतर्फ गइरहेको से १ ज ११२२ नम्बरको जीव मङ्गलसेन नगरपालिका वडा नम्बर ९ वलिगाँउ डाँडामा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय नरेन्द्र रावलले जानकारी दिनुभयो । घाइतेको अवस्था खतरामुक्त रहेको तर चोट लागेको उहाँले बताउनुभयो ।

जीप तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट तल खसेको छ । जीप खसेर स्थानीयको एक घरमा समेत क्षति पुगेको छ । जीपले गर्दा घरको पर्खाल भत्किएको छ । घरमा पार्किङ गरिराखेको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button