झा दम्पत्ति वेपत्ता भएको २४ दिन वित्दा पनि अवस्था अज्ञात
जनकपुरधाम। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नंं ५ सहोडवाका वेपत्ता बनाईएका झा दम्पत्तिको शीघ्र खोजी गरि दोषि माथि कडा कारवाहीको माग गर्दै जनकपुरधामको जनक चौकमा आज नवौ दिन रिले अनसन जारी रहेको छ ।
मैथिल ब्राह्मण महासभा सहितका ४१ वटा संघ संस्थाहरुले विगत ९ दिन देखि जनक चौकमा रिले अनसन जारी राखेपनि अहिलेसम्म वेपत्ताको अवस्था अज्ञात नै रहेको छ । अपहरणको २४ दिन वित्दा पनि अवस्था अज्ञात नै रहेको छ ।
सो गाउँका वर्ष ६६ का मुसाफिर झा तथा उहाका धर्मपत्नी वर्ष ६० की गीता देवी झालाई गत महिनाको १० गते घरमा नै सुतेको अवस्थामा अज्ञात समूहले ओछ्यान सहित वेपत्ता बनाएपनि अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
जग्गाको विषयलाई लिएर वेपत्ता बनाएको आशंका गर्दै प्रहरीले एक भारतीय नागरिक तथा झाका छिमेकी तीन जना गरेर ४ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको पोलियोग्रफी गर्दा ९२ प्रतिशत छुठो बेलाका कुरा बाहिर आएको छ ।
झा दम्पत्तिको नाउँमा जनकपुरधाम–जलेश्वर सडक खण्डमा १५ कठा जग्गा रहेको र सो जग्गा विक्रि गर्नका लागि पटक पटक दवाव दिएपनि श्रीमति गीता देवीले विरोध गर्दै आएका कारणले उहालाई कुटपीट गरि घाईते बनाएको कारणले सुतेको खाट, घरको वाल तथा घर अगाडीको वाटोमा रगत प्रहरीले भेटेको र सो अनुसारमा अनुसन्धान अगाडी बढाएका भएपनि वेपत्ताको अवस्था अझै अज्ञात नै रहेको छ ।
सोही विषयलाई लिएर धनुषा, महोत्तरी, काठमाण्डौ तथा आज देखि मोरङ्ग जिल्लामा पनि प्रदर्शन भएको छ । नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्नका लागि सि आई वि का टोली परिचालन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्