बालुवाटारमा एमाले संसदीय दलको बैठक जारी

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाउनु भएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सवै सांसदहरुलाई सुचना गरिएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
नेकपाको नामबारे उत्पन्न विवादमाथि सर्वोच्च अदालतको फेसलाबाट पूर्वबत नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो ।









प्रतिक्रिया राख्नुहोस्