नेपाली कांग्रेसका नेता एंव पुुर्व राष्ट्रसभा सदस्य कोइरालाको गएराती निधन

विराटनगर । नेपाली कांग्रेसका नेता एंव पुुर्व राष्ट्रसभा सदस्य असोक कोइरालाको गएराती निधन भएको छ । विराटनगर–८ घर भएका ७८ वर्षिया कोइरालाको गएराती १ वजे विराटनगर स्थित न्युुरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । छातीमा भएको निमोनियाका कारण विरामी हुुन भएको कोइरालालाई एक दिन अघि सो अस्पतालमा भर्ना गरिएको थियो । उहाका श्रीमती र एकछोरा र एक छोरी हुुनुुहुुन्छ ।
उहा राष्ट्रिसभाका उपाध्यक्ष समेत रहनुु भएर काम गर्नुु भएको थियो । पिता वोधप्रसाद कोइराला र माता कुुमुुदीनी कोइरालाको कोखवाट विस २००० साल वैसाख महिनाको अछरत्रितियाको दिन उहाको जन्म भएको थियो ।
उहा २०४९ सालमा तत्कालिन विराटनगर नगरपालिकाको मेयर समेत भइसक्नुुु भएको छ । प्रतिवन्धितकालदेखी नेपाली कांग्रेस मोरङको तिनपटक जिल्ला सभापति भएर उहाले काम गरिसक्नुु भएको छ । उहा दुुइपटक राष्ट्रिय सभा सदस्य रहिसक्नुु भएको थियो ।
असोक कोइराला विपि कोइरालाको सानी आमाको छोरा तथा पुुर्व प्रधानमंत्री स्वर्गिय सुुशिल कोइरालाको भाई हुुनुुहुुन्छ । कोइरालाको पार्थीव सरिरलाई उहाको निवासवाट सवयात्रा सहित आज दिउसो १ वजे नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा राखिने र त्यसपछि स्थानिय सिंगियाघाटको विश्रान्ती घाटमा दाह सस्कार गरिने नेपाली कांग्रेस मोरङका सभापती डिकवहादुुर लिम्वुुले वताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्