तपाईँ सुन्दै हुनुहुन्छः

सिलिण्डर लिंक भएर आगलागी हुँदा ७० लाख बराबरको क्षति : एक गम्भीर घाइते

सप्तरी  । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा गए राति आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएको छ भने आगोमा परेर एक गम्भीर घाइते भएका छन । आगलागीमा झण्डै ७० लाख बराबरको क्षति भएको छ ।

स्थानीय हरिकिशुन खंंगको घरमा रहेको सिलिण्डर लिंक भएर आगलागी भएको हो । राति ९ बजेतिर भएको आगलागीमा हरिकिशुनसहित रामचन्द्र खंग र नकछेदी खंगको चार घर जलेर नष्ट भएको वडा अध्यक्ष राजेन्द्र साहले जानकारी दिनुभयो ।

आगलागीमा परेर हरिकिशुन गम्भीर घाइते भएका छन भने उनलाई उपचारको लागि पठाइएको वडा अध्यक्ष साहले बताउनुभयो । रातिको समयमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सवै सरसमान जलेर नष्ट भएको बताइएको छ ।

समयमै घटनास्थलमा राजविराज र हनुमाननगर नगरपालिकाबाट गएको वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी तथा स्थानियवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button