बेपत्ता झाको अवस्था सार्वजनिक गर्न माग गर्दै अनसन जारी
जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका वडा नंं ५ सहोडवाबाट बेपत्ता बनाइएका झा दम्पतीको अवस्था सार्वजनिक माग लागि माग गर्दै जनकपुरधामको जनक चोकमा सोमबार आठौँ दिन आज पनि रिले अनसन जारी रहेको छ ।
विभिन्न ४१ वटा सङ्घ संस्थाहरूको सहभागितामा जारी रहेको रिले अनसनमा बेपत्ता बनाइएका मुसाफिर झा र उहाँका धर्मपत्नी गीतादेवीको अवस्था सार्वजनिक गरेर दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।
जयशंकर नाथ झा, मैथिल ब्राह्मण सभा धनुषा अध्यक्ष श्रीकृष्ण मिश्र सहितका दर्जनौँ व्यक्तिहरू रिले अनसनमा बस्नुभएको छ । विगत ८ दिनदेखि रिले अनसन जारी राखेपछि नेपाल सरकारले नेपाल प्रहरीको सी आई वि परिचालन गर्ने भएको छ ।
फागुन १० गते मध्य राति घरमा सुतिरहेको बेला झा दम्पत्तीलाई अज्ञात समूहले बेपत्ता बनाएका थिए । बेपत्ता भएको करिब २३ दिन बित्दा पनि अवस्था अज्ञात छ ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरेको छ । जग्गाको विषयमा नै उहाँहरूलाई बेपत्ता बनाएको हुनसक्ने आशङ्का परिवारको छ ।








प्रतिक्रिया राख्नुहोस्