आफन्तबाटै असुरक्षित छन् सल्यानका महिला
सल्यान। सल्यानमा भएका बलात्कार तथा बलात्कार प्रयासका घटनामा आफन्त तथा चिनजानकै पुरुष संलग्न हुने पाइएको छ । आफ्नै नाता पर्ने तथा छिमेकी कलिला बालिकादेखि महिलालाई समेत बलात्कारको शिकार हुने गरेका छन् ।
चालु आर्थिक वर्ष २०७७/०७८ को साउन देखि हालसम्म जबरजस्ती करण तथा जबरजस्ती करणी उद्योगका २४ घटना मध्ये २३ वटामा आफन्त तथा चिनजानकै व्यत्तिः संलग्न पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताउनुभयो । यस आर्थिक वर्षमा यौन दुव्र्यवहारमा संलग्न तीन जना बाहेक सबैलाई कानुनी दायरामा ल्याएको उहाँको भनाई छ । तीन जना फरार रहेको र तीनीहरुको पनि खोजीकार्य भइरहेको थापाले बताउनुभयो ।
परिचित तथा आफन्तबाट यौन दुव्र्यवहार हुँदा सामाजिक तथा पारिवारिक कारणले पिडितले आवाज नउठाउने तथा अरुले शंका समेत नगर्ने भएकाले बलात्कारीले परिचित महिला तथा बालिका प्रति कुदृष्टि राख्ने गरेको सल्यान इन्सेक प्रतिनिधि मीना बुढाथोकीले बताइन ।








प्रतिक्रिया राख्नुहोस्