तपाईँ सुन्दै हुनुहुन्छः

चोरी भएको मोटरसाइकल सवारी धनीलाई फिर्ता

झापा । झापाको भद्रपुरमा चोरी भएको मोटरसाइकल प्रहरीले सवारी धनिलाई फिर्ता गरेका छन् ।अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित माउन्ट मेची होटेल अगाडि पार्किङ गरी राखिएको मोरङ बिराटनगर महानगरपालिका ७ बस्ने रोशन कार्कीको नाममा दर्ता कायम रहेको को ३२ प ६६४७ नम्बरको जिक्सर मोटरसाइकल गत पैष १८ गते चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएपछि सवारीधनि कार्कीले इलाका प्रहरी कार्यालय अनारमनिमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा भद्रपुर–१० स्थित सडकको किनारमा बेवारिसे अवस्थामा भेटाएका थिए ।भेटाएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय झापाले धनी कार्कीलाई बोलाएर फिर्ता गराएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button