तपाईँ सुन्दै हुनुहुन्छः

लिबियाका नयाँ अन्तरिम प्रधानमन्त्रद्वारा कार्यभार सुरु

लिबियाका नव नियुक्त अन्तरिम प्रधानमन्त्री अब्दुल हमिद डिबैबाहले सोमबारदेखि कार्यभार सुरु गर्नुभएको छ ।आगामी डिसेम्बरमा निर्वाचन गर्ने मुल कार्यभारका साथ अन्तरिम प्रधानमन्त्री बनाइनु भएका डिबैबाहले सपथ ग्रहण पनि सोमबार नै गर्नु भएको थियो ।

उत्तर अफ्रिकी मुलुक लिबियामा तत्कालिन तानाशाही शासक मोहम्मद गद्धाफीको हत्या भएपछि शक्तिमा जाने होडले मुलुक थप संकटमा फसेको छ ।

मुुलुकको संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल गरिरहेको छ भने सत्ता पक्ष र विद्रोही पक्षका बीचमा शान्ति सम्झौता गराउने प्रयास भइरहेको छ ।

त्यही प्रयासको नतिजा स्वरुप अन्तरिम सरकार गठन भएको हो । त्यसका लागि तीन सदस्यीय अध्यक्ष परिषद् समेत गठन भएको छ । सोमबार उनीहरु सवैले सपथ ग्रहण गरेका छन् ।

यो घटनालाई धेरैले सकारात्मक र ऐतिहासिक भनेर टिप्पणी गरेका छन् । यसले मुलुकलाई सही गन्तव्यतर्फ लाने अपेक्षा पनि गरिएको छ ।

डिबैबाहले उहाँको मन्त्रीपरिषद्लाई संसदले गत हप्ता अनुमोदन गरेपछि मात्रै सोमबार सपथ ग्रहण गर्दै कार्यभारसम्हाल्नु भएको हो ।

उहाँको मन्त्रीपरिषद्मा दुई जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र छ जना राज्य मन्त्री हुनुहुन्छ । ती मध्ये पाँच जना महिला हुनुहुन्छ ।

सपथ ग्रहणपछि प्रधानमन्त्री डिबैबाहले मुलुक अव एक भएको र अव सकारात्मक नतिजा आउने विश्वास दिलाउनु भएको थियो ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button