तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार पाण्डेलाई पित्रृशोक

काठमाडौँ । नयाँ पत्रिकाकर्मी शुरोजङ्ग पाण्डेलाई पित्रृशोक परेको छ । मधुमेह र उच्च रक्तचापका कारण पाण्डेका पिता केन्द्रबहादुर पाण्डेको ७१ वर्षको उमेर आज निधन भएको हो ।

नेपाल आर्मीका पूर्वलेफिटिनेट पाण्डेको पशुपति आर्यघाटस्थित आजै अन्तिम दाहसंस्कार गरिएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाई, सांसद शान्ति पाख्रिनलगायत पशुपति आर्यघाटमा पुग्नुभएको थियो ।

स्व पाण्डेलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नयाँ पत्रिकाका सम्पादक उमेश चौहान, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनमा महासचिव अजयबाबु शिवाकोटी, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापालगायत पत्रकार पुग्नुभएको थियो ।

स्व पाण्डेको पत्नी शान्ता पाण्डे, तीन छोराहरू शुरोजङ्ग, विरोजङ्ग, बुद्धिजङ्ग र छोरी प्रतीक्षा हुनुहुन्छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button