तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा परी एकको मृत्यु

सांकेतिक तस्बिर

इलाम । सवारी दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु भएको छ ।

सुर्योदय नगरपालिका वडा ३ रुङसुङमा सोमबार दिउँसो पिकअप दुर्घटना हुँदा चालक ४३ वर्षीय रेशम रायको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

मे१ज १२४१ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते रायलाई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button