घाँसीकुवामा मार्बल बोकेको भारतीय ट्रकमा आगलागी, चालक र सहचालक घाइते

तनहुँ । तनहुँको घाँसीकुवामा भारतीय ट्रकमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा जलविरेमा आगलागी भएको हो ।
उक्त दुर्घटनामा परि दुई जना घाइते भएका छन् । भारतबाट मार्बल बोकेर दमौली आउँदै गरेको आरजे १४ जिजे ७१२६ नम्बरको ट्रक सोमबार दिउँसो आगलागी हुँदा भारतको उत्तर प्रदेश निवासी चालक ४१ अशोककुमार राजपूत र सहचालक सोही ठाउँका वर्ष २८ का हरिन्द्रसिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आफै अनियन्त्रित भई सडक छेउमा पल्टिने क्रममा आगलागी भएको र उनीहरू घाइते भएको प्रहरीले जनाएको छ । व्यास नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको र ट्रकको अघिल्लो भागमा आगोले बढी क्षति भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्