तपाईँ सुन्दै हुनुहुन्छः

काबुलमा भएको आक्रमणबाट तीन जनाको मृत्युृ, अरु कैयौँ घाइते

अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गर्नुभएको छ ।

उहाँका अनुसार सो विस्फोटमा परी अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । उहाँले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताउनुभएको छ । जसका कारण मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ ।
यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button