रोल्पा नगरपालीका लिबाङ बाट किसान लाइ भैसी बितरण सुरु

रोल्पा। रोल्पा नगरपालिकाले नगरभित्र रहेका किसानहरु लाइ प्रोत्साहन गर्ने किसानमा लगानी र कृषिपेशा बाट आत्मनिर्भर बनाउने उदेश्यअनुरुप १०० जना कृषक हरु लाई छनौट गरेर १ जना कृषक लाइ नगरपालीका बाट ५० हजार रुपैया अनुदान दिने र बाकी ५० हजार रुपैया किसानले भैसी किन्दा राख्नुपर्ने भएको छ ।
उन्नत जातको भैंसीमा लगानी गर्ने र वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा १० वटा उन्नत जातको भैंसी नगरपालीकाले भित्राएर किसान लाइ बितरण गरेको छ भने अब ९० बटा भैसी लिदा कृषकहरु आफैं भैसी फममा गएर छनौट गरी रोजेर भैसी खरीद गरेर ल्याउने तयारी भएको नगरपालीकाले जनाएको छ ।
बजारमा दुध ,दही,घ्यु को माग अत्याधिक रहेको छ । अब केही मात्रामा भएपनी परीपुर्ति हुने भएको छ । किसानहरु ५० प्रतिशत अनुदानमा उन्नत जातको भैसी पाउदा निकै हर्सीत हुनुका साथै नगरपालीकाको अनुदान कार्यक्रम बाट लाभान्बीत भएको बताउछन भने बाख्रा,गाइ तथा कुखुरा पालनमा पनी भैसीमा जस्तै अनुदान लगानी गरीदीएमा कृषकहरुलाइ फाइदाहुनुका साथै रोजगारीको श्रृजना हुने भएको हुदा नगरपालीका सङ्ग आशा अपेक्षा रहेको रोल्पा नगरपालीकाका किसान बताउछन् ।








प्रतिक्रिया राख्नुहोस्