सुनको भाउ स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ । आइतबार छापावाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि स्थिर रहेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा चाँदीका भाउ प्रतितोला ५ रूपैयाँले बढेर १ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्