८ महिनामा विकास खर्च साढे २२ प्रतिशत मात्र
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म मुलुकको विकास खर्च साढे २२ प्रतिशत मात्र भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि छुट्याएको पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ मध्ये फागुन मसान्तसम्म ७९ अर्ब ६९ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको दोस्रो चौमासमा उत्साहजनक खर्च गर्न नसकेका कारण मन्त्रालयहरूको पुँजीगत खर्च बढ्न नसकेको हो ।
चालु बजेटले ९ खर्ब ४८ अर्ब ९४ करोड खर्च गर्ने लक्ष्य लिइएकोमा समीक्षा अवधिसम्म ४८ प्रतिशत मात्रै खर्च भएको महालेखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँको कुल बजेट छुट्टाएकोमा ११ महिनाको अवधिमा चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी ५ खर्ब ७१ अर्ब मात्र खर्च भएको छ । हालसम्म भएको खर्च कुल बजेटको ३८.७२ प्रतिशत हो ।
गत माघ २८ गते चालु आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले संशोधित बजेटको आकार १३ खर्ब ४४ अर्बमा झारेको घोषणा गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्