निःशुल्क आँखा शिविर सम्पन्न : २ सय ६५ जनाको आँखा परीक्षण

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेत्र ज्योति सङ्घ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको संयुक्त आयोजनामा शनिवार सञ्चालन गरिएको एक दिने निःशुल्क आँखा शिविरमा २ सय ६५ जनाले आँखा परीक्षण गरेका छन् ।
परीक्षणमा आँखाको समस्या भएकाहरूलाई निःशुल्क औषधी वितरण गरिएको छ । आँखा शिविरमा ६० जनालाई मोतिया बिन्दुको समस्या देखा परेकाले निःशुल्क अप्रेसनको लागि सगरमाथा चौधरी आँखा अस्पताल लहान लगिएको सहकारीका व्यवस्थापक ईश्वरी प्रसाद नेपालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्