तपाईँ सुन्दै हुनुहुन्छः

मिलको फित्तामा सल बेरिएर एक महिलाको मृत्यु

भोजपुर । भोजपुरमा मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ ओख्रेकी ७६ वर्षीय कुमारी बानियाँको मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिँदा मृत्यु भएको हो ।
शनिवार बेलुका ओख्रेमा रहेको योगेन्द्र राईको बिद्युत्बाट चल्ने मिलमा धान कुटाउने क्रममा घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिएको थियो ।
सल बेरिएपछि घाँटीमा चोट लागेर गम्भीर घाइते कुमारीको स्थानीय मेडिकलमा उपचारको क्रममा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button