तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट स्थानीय सडक सञ्जाल कार्यक्रमको शुभारम्भ : २८३ वटा स्थानीय तह सडक सञ्जालमा जोडिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिने स्थानीय सडक सञ्जाल कार्यक्रमको शुभारम्भ गन्नुभएको छ ।
कार्यक्रम शुभारम्भसँगै अब प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालमा जोडिने कार्यको सुरुवात भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले स्विच अन गरी  सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।  सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम सङ्घीय सरकारले यस वर्ष यो कामका लागि  ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button