स्थानीय तह सहिद स्मृति फुटबलः सङ्कटासँग पुलिस पराजित
मकवानपुर । हेटौँडामा जारी तेस्रो संरकरणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगितामा सङ्कटा क्लब काठमान्डौसंग विभागीय टोली नेपाल पुलिस क्लब पराजित भएको छ ।
हेटौँडा–१० स्थित फरेस्ट्री खेल मैदानमा भएको खेलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गरेको हो ।
सङ्कटाका तर्फबाट जर्सी नम्बर २१ को लेहो काफलेले गरेको गोल नै खेलामा निर्णायक बनेको थियो । प्रतियोगितामा सङ्कटा क्लब काठमाडौँका जर्सी नम्बर–८ का नितिन थापा म्यान अफ द म्याच घोषित भएका थिए । उनले नगद १० हजार प्राप्त गरेका थिए । प्रतियोगितामा आइतबार बागमती युवा क्लब सर्लाही र नेपाल एपिएफ क्लबबिच हुने आयोजकले जनाएको छ ।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरूले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा मकवानपुरका स्थानीय तहहरूको प्रायोजनमा जारी प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुने छ ।








प्रतिक्रिया राख्नुहोस्