सूर्य विनायकमा ३२ करोडको लगानीमा आधुनिक कृषि बजार सञ्चालन
भक्तपुर । भक्तपुरको सूर्य विनायकमा ३२ करोडको लगानीमा ठूलो आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आएको छ ।
सूर्य विनायक हरित कृषि थोक बजार नामक कृषि बजार शिबरात्रीदेखि सञ्चालनमा आएको हो ।
भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्य विनायकमा बजार खुलेको हो । २०७५ सालको फागुनदेखि निर्माणको तयारी गरिएको तरकारी बजार ३५ रोपनीको क्षेत्रफलमा फैलिएको छ ।
सूर्य विनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईँले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो र व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
बजारभित्र सात सय पचास स्टलहरू रहेको छन् । बजार प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने व्यवस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्