नेकपा एमाले खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
काठमाडौंको अर्याल होटलमा वरिष्ठ नेता खनाल र नेपाल निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, सबै स्थानीय तहका प्रमुख उपप्रमुख र जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु सहभागी हुने बताइएको छ ।
बैठकले शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका कुनै पनि निर्णय नमान्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्