तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्गको सडक छेउका घर टहरा तत्काल नहटाउन माग

पाल्पा । सिद्धार्थ राजमार्ग दाँयाबाँया बनेका घर टहरा तत्काल नहटाउन प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् ।
सिद्धार्थ राजमार्ग फराकिलो बनाउँदा ७ सय बढी घरपरिवारको बिचल्ली हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले तत्काल घर टहरा नहटाउन माग गरेका हुन् ।
सडक डिभिजन कार्यालय पाल्पाले सडकको क्षेत्राधिकारभित्रका घर तथा टहरा तत्काल हटाउने सूचना जारी गर्ने, घरधनीलाई सूचित गर्ने र सडक मिचेर बनाइएका संरचनामा चिन्ह लगाउने कार्य गरिसकेको छ ।
सडक छेउका संरचना तत्काल हटाउँदा आफूहरू सुकुम्वासी बन्ने अवस्था आउने भन्दै स्थानीय बासिन्दाले विभिन्न माग राख्दै प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरूले सडक छेउका घर टहरा फाल्नुअघि स्थानीय प्रशासन, राजनीतिक दल, स्थानीय तथा प्रदेश सरकारसँग सहमति गर्नुपर्ने माग गरेका छन् ।
यस्तै सडक बिस्तार गर्दा मानव बस्ती नभएको स्थानबाट गर्नुपर्ने, सडक बिस्तारको क्रममा घर टहरा हटाउनै परे मात्र हटाउनुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग उनीहरूले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button