तपाईँ सुन्दै हुनुहुन्छः

मे सम्म सबै वयस्कहरुलाई खोप लगाइने बाइडेनको विश्वास

वाशिङ्टन डिसी,रासस/एएफपी। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो टेलिभिजन सम्बोधनमार्फत उहाँले त्यसका लागि आवश्यक कार्य गर्न राज्यहरुलाई निर्देशन पनि दिनुभएको छ । खोप लगाउनका लागि सरकारले प्राथमिकता निर्धारण गरेकाले प्राथमिकताका आधारमा आफ्नो पालो आउदाँ खोप लगाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

कोरोनाभाइरसको महामारीका कारण एक वर्षमा ठूलो क्षति भएको चर्चा गर्दै उहाँले अब भने राम्रा दिनहरू आएको बताउनुभयो । जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्र दिवसको अवसरमा त्यस बेला यस वर्ष भने साना साना कार्यक्रम गर्न सकिने अपेक्षा गरिएको उहाँको भनाइ छ । राष्ट्रपति बाइडेनले यसअघि १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत अमेरिकाको मेरुदण्ड पुनःनिर्माण हुनेतर्फ पहिलो पाइला चालिएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button