थप ६१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप ६१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा हालसम्म ९८ दशमलव ६ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् भने देश भर गरी जम्मा ९ सय २९ कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसै गरी आज थप ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म २ लाख ७५ हजार १ सय १८ पुगेको छ ।
आज २ हजार ५ सय १२ वटा नमुनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्