तपाईँ सुन्दै हुनुहुन्छः

१३ लाख फिरौती लिएका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

सप्तरी । सप्तरी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।

छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।

सप्तरी जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा २०७३ साल भदौ १५ गते ९ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

यादवसहितको समूहले साबिकको बरही वीरपुर गाविस– ५ का १७ वर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो ।

उनीहरूले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक हालसम्म बेपत्ता छन् ।

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि म्याद थप गर्न शुक्रवार जिल्ला अदालत सप्तरीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button