महाशिवरात्रि पर्वमा डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भिड

भक्तपुर । हरेक बर्ष झै यो बर्ष पनि महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा बिहान देखि दर्शनार्थीको घुइँचो लागेको छ ।
प्रत्येक बर्ष शिवरात्रि पर्वको अवसरमा डोलेश्वर मन्दिरमा विभिन्न जिल्लाबाट आउने दर्शनार्थी को भिड लाग्ने गरेको हो ।
कोरोना महामारीको जोखिम रहेकाले मन्दिर दर्शनका लागि आउने भक्तजनहरूलाई माक्स र स्यानिटाइज अनिवार्य गरेको मन्दिर विकास समितिले जानकारी दिएको छ ।
मन्दिर दर्शनका लागि आउने भक्तजनहरूलाई विशेष पूजा , हवन र रुद्राभिषेक गरी पञ्च स्नान गराउने व्यवस्था समेत गरेको छ । मन्दिर विकास समितिले भिडभाडलाई मध्यनजर गर्दै जगाती प्रहरी, भक्तपुर ट्राफिक प्रहरी समेत परिचालन गरिएको छ ।
मन्दिर परिसरमा स्वास्थ्य परीक्षणका लागि स्वयमसेवकका रुपमा नेपाली सेना इन्द्र बस्क दल गण सुर्यविनायकका चिकित्सकको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
तर यस बर्ष डोलेश्वर मन्दिरमा गत बर्ष जस्तै बाक्लो साधु सन्त तथा बाबाहरूको भने उपस्थिति रहेन । भारतमा कोरोनाको खोप अभियान चलिरहेकाले उताबाट आउने साधु सन्त तथा बाबाहरूको उपस्थितिमा कमी आएको विकास समितिको भनाई छ ।
यहाँ आउने साधु सन्त तथा बाबाहरू लाई शिवरात्रिको भोलि पल्ट दक्षिण दिएर बिदाइ गरिने छ । समितिको वार्षिक कार्यक्रम अनुसार आज भक्तजनहरूको आफै मन्दिर भित्र गई पूजा अर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरूको भीड लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्