खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा ७ लाख बरावरको क्षति
सप्तरी । सप्तरीको कञ्चनरुपमा चुलोबाट अचानक आगलागी हुँदा ७ लाख बरावरको क्षति भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवामा आज बिहान १० बजे खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा ७ लाख बरावरको क्षति भएको हो ।
उक्त आगलागीमा १ लाख नगद, चामल, धान, गहुँ, लत्ताकपडा, भाँडाकुँडा र खाट चौकी जलेर नष्ट भएको पीडित दुखनी देवी बैधले बताउनुभयो ।
घरमा कोही पनि नभएका कारण खाद्यान्न, लत्ताकपडा लगायत जलेर नष्ट भएको स्थानीय अर्जुन पंजियारले जानकारी दिनुभयो ।
स्थानीय, प्रहरी र नगरपालिकाको बारुद यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्