सल्यानमा ‘सल्यान रन फर फन’ प्रतियोगिता

सल्यान । नेपाली सैनिक दिवस तथा महाशिवरात्रिको अवसरमा सल्यानमा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबिचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा सबुज गण सिमखर्कको आयोजनामा सल्यान ‘रन फर फन’ प्रतियोगिता गरिएको हो । चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा पाँच किलोमिटर दुरीमा दौडाइएको थियो ।
५० वर्ष माथिको खुला महिला दौड प्रतियोगितामा प्रथम कमला महर्जन, द्वितीय सम्झना केसी र तृतीय सम्झना श्रेष्ठ, पुरुष तर्फ वीर बहादुर भडेल प्रथम, जगत बहादुर राना द्वितीय र धिरेन्द्र भण्डारी तृतीय भएका छन् ।

५० वर्ष मुनीको महिला दौड तर्फ विमला केसी प्रथम, अनु गिरी द्वितीय र यशोदा सेजवाल तृतीय भएका छन् भने पुरुष तर्फ आकाश केसी प्रथम, सोम बहादुर रावत द्वितीय र ठाकुर प्रसाद चलाउने तृतीय भएका छन् ।
१८ वर्षमुनिको महिला दौडमा तिला बस्नेत प्रथम, बिमा रोका द्धितिय र ओम कुमारी थापा तृतीय यस्तै पुरुष तर्फ हेमराज कुवर प्रथम, शिव घर्ती द्वितीय र सुनिल थापा तृतीय भएका छन् ।
सुरक्षाकर्मी तर्फको महिला दौडमा अस्मिता वली प्रथम, वन्दना चन्द द्वितीय र मिना कार्की तृतीय भएकी छन् भने पुरुष तर्फ खिम बहादुर वली प्रथम, तिलक देवकोटा द्वितीय र विपिननाथ योगी तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः मेडल १ हजार ५ सय, एक हजार र पाँच सय पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको सबुज गण सिमखर्कले जानकारी दिएको छ ।









प्रतिक्रिया राख्नुहोस्