तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

झापा । झापाको दमक नगरपालिका–१ श्रेष्ठ चौकमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडेर सह–चालक इलामका २१ वर्षीय वसन्त राईको मृत्यु भएको छ ।
आज ट्याक्टरबाट खसेर घाइते भएका राईको उपचारको लागि लाइफ लाइन अस्पताल दमक पुग्न साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ट्याक्टर र चालक झापा दमक –३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button