लागु औषध अफिमसहित दुई जना भारतीय महिला पक्राउ

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित न्यून विशाल होटलबाट लागु औषध अफिमसहित दुई जना भारतीय महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री छन् ।
प्रतिबन्धित लागु औषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठामाडौं र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट बुधवार दिउँसो उनीहरूलाई प्लास्टिकको जेब्रा झोलाभित्र दुई वटा पोका बनाई लुकाइछिपाई राखेको प्रतिबन्धित लागु औषध अफिम दुई किलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्