तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति पुर्नविचार गर्न आग्रह

काठमाडौं । कृषि क्षेत्रका विभिन्न व्यवसायिक संस्थाहरुले वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति पुर्नविचार गर्न आग्रह गरेका छन् ।

संस्थाहरुले वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ र राष्ट्रिय कृषक समूह महासङ्घका पदाधिकारी सम्मिलित समितिका प्रतिनिधिले आज सभापति श्रीवास्तव समक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै सरकारी निर्णय फिर्ताका निम्ति प्रयास गरिदिन आग्रह गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button