दिगो विकासका लागि वातावरण मैत्री विकास आवश्यक : वातावरण विज्ञहरू

जनकपुरधाम । विश्वमा आएका प्राकृतिक विपत्ति कम गर्नका लागि विकास गर्दा वातावरण मैत्री तरिकाले गर्न वातावरणविद्हरुले जोड दिनु भएको छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ सर्लाहीद्वारा वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सहायक वन अधिकृत, रेन्जरहरूलाई जनकपुरधाममा आइइई र इआइए सम्बन्धी १० दिनको प्रशिक्षण दिँदै सो कुरामा जोड दिएका हुन् ।
प्रशिक्षणमा सहभागीहरूलाई आज प्रमाणपत्र वितरण गर्दै प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वातावरणको विनाश नहुने गरी विकास हुनु पर्ने धारणा राख्नु भयो ।
उहाँले वातावरण मैत्री विकास भएको खण्डमा विकासले दिगोपना प्राप्त गर्ने भएकाले प्रकृतिको संरक्षण गर्दै विकास गर्नका लागि प्रयास गर्न जरुरी रहेको बताउनुभयो । अहिले विश्वमा बढ्दै गएको तापक्रमको प्रमुख कारण नै वन जङ्गलको विनाश नै रहेको राज्यमन्त्री बताउनु भयो ।
विकासको नाउँमा ढुगा गिट्टीको प्रयोग गरेर प्राकृतिक कुरालाई कंक्रिटमा रूपान्तरण गर्ने काम तीव्र रुपमा भइरहेको बनाउँदै यस्ता विकासले दिगोपना हुन कठिन हुने वन राज्यमन्त्री बताउनुभयो ।
प्रशिक्षण केन्द्रका निर्देशक गोपाल प्रसाद गौतमले वन जङ्गलको विनाश रोक्दै थप वृक्षारोपण गर्न जरुरी रहेको बताउनुभयो ।
वातावरण संरक्षण अभियानी सुरेश शर्माले विकासको नाउँमा वातावरणको जथाभाबी रुपमा विनाश हुनु चिन्ताको विषय भएको बताउँदै दिगो विकास गर्नका लागि सबै पक्ष जिम्मेवार हुन जरुरी रहेको बताउनुभयो ।
प्रशिक्षणका संयोजक अजय कुमार मिश्रले वा तथा वातावरणको क्षेत्रमा कामकाज गर्नेहरूलाई वन विज्ञान अध्ययन संस्थान हेटौडाका प्राध्यापकहरूले वन तथा वातावरणको संरक्षणका विषयमा प्रशिक्षण दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्