सल्यानमा माओवादी केन्द्र र एमालेले राखे पार्टी कार्यालयमा बोर्ड

सल्यान । सल्यानमा माओवादी केन्द्र र एमालेले छुट्टाछुट्टै स्थानमा पार्टीको बोर्ड राखेका छन् । बुधवार ओली समूहका कार्यकर्ताले सल्यान सदरमुकामस्थित मदन आश्रित स्मृति प्रतिष्ठानको भवनमा र माओवादी केन्द्रले सदरमुकाममै जिल्ला पार्टी कार्यालय लेखेको बोर्ड राखेको छन् ।
यसअघि मदन आश्रित स्मृति प्रतिष्ठानमा नेकपाको पार्टी कार्यालय राखिएको थियो । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएसँगै जिल्ला र १० वटै स्थानीय तहमा नेकपाको कार्यालय स्थापना गरिएको थियो ।

दुई पार्टी एक भएको तीन वर्षपछि सर्वोच्च अदालतको फैसलालाई आत्मसाथ गर्दै पार्टी कार्यालय खोल्नु परेको माओवादी केन्द्रका अध्यक्ष कर्ण बहादुर बुढाथोकीले बताए ।
छुट्टाछुट्टै पार्टी कार्यालय खोल्नु आफूँहरुको रहर भन्दा पनि सर्वोच्च अदालतको फैसलाले बाध्यकारी बनाएको बताए ।








प्रतिक्रिया राख्नुहोस्