तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री साहद्वारा जेष्ठ नागरिक भवनको उद्घाटन

सप्तरी । प्रदेश नं. २ कासमाजिक विकास मन्त्री नवल किशोर साहले सप्तरीको कञ्चनरुपमा छुट्टाछुट्टै दुई ठाउँमा सिलान्यास र भवन उद्घाटन गर्नुभएको छ ।

मन्त्री साहले जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. १२ स्थित बस्तीपुरको राजाजी मन्दिर, पञ्चकन्या मन्दिर परिसरमा सामुदायिक भवनको सिलान्यास र राजाजी मन्दिर परिसरमा निर्माण भएको जेष्ठ नागरिक भवनको उद्घाटन गर्नुभएको हो ।

नेपाल सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक इकाई कार्यालय राजविराजबाट प्राप्त अनुदान रु १० लाख, ६५ हजार चार सय ५८ रुपैयाँ ६५ पैसामा कन्टेन्जेन्सी कटाएर कुल १० लाखको लागतमा राजाजी मन्दिर निर्माण हुने र सामाजिक विकास इकाई कार्यक्रम अन्तर्गत कुल २० लाखको लागतमा पञ्चकन्या सामुदायिक भवन निर्माण हुने सो समारोहमा सार्वजनिक भएको छ ।

यस्तै जेष्ठ नागरिक भवन भने नगरपालिकाद्वारा प्राप्त ५ लाख बराबरको अनुदानमा निर्माण भएको आयोजक समितिले जनाएको छ ।

राजाजी मन्दिरको सिलान्यास र जेष्ठ नागरिक भवन उद्घाटन पश्चात पञ्चकन्या विकास प्रतिष्ठानको सामुदायिक भवन सिलान्यास भएको हो ।

सो अवसरमा मन्त्री साहले आफूले कुनै पनि लोभलालचा नगरी समाज विकासका कामहरु गर्दै आएको बताउनुभएको छ ।

“अब म ७६ बर्षको बृद्घ भइसक,े यस उमेरमा मैले नामका लागि राम्रा कामहरु गरेर समाजमा कृतिहरु छाड्नु छ तसर्थ पनि मेरो जिम्मेवारी होस् वा नहोस् समाज विकासका कार्यमा जुटिरहन्छु” मन्त्री मन्त्री साहले भन्नुभयो ।

अन्य ठाउँको तुलनामा यस ठाउँमा काम गर्दा कुनै प्रकारको विवाद तथा झुठ झमेला नहुने बताउँदै उहाँले भन्नुभयो, यस अघि पनि पञ्चकन्यामा आयोजित महायज्ञमा आफू आएको र अहिले पनि आउने अवसर मिलेकोमा हर्षित छु ।

उहाँले स्वास्थ्यलाई प्राथमिकतामा राखेर भारदहमा अस्पताल निर्माण हँुदै गरेको र धरान, काठमाडाँैको जस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण योजनालाई अघि बढाइसकेको छु यो जनकपुरमा निर्माण हुने जानकारी गराउनुभयो ।

कञ्चनरुपका नगर प्रमुख बसन्त कुमारले यस भेगको भौगोलिक तथा समाजिक विशेषतालाई कदर गर्दै यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको स्थानमा राखेर विकास गर्ने बताउनुभयो ।

उहाँले सामाजिक सद्भाव मिल्दोजुल्दो भएको ठाउँमा विकासीय कामहरु चाँडो र दिगो खाले हुने गरेको बताउँदै भन्नुभयो, यहाँका समाजहरु आफ्ना गाउँ ठाउँको विकास कार्यमा एकजुट भएर लाग्दछ, एक अर्कामा खुट्टा तानातान गर्दैनन् र यस्ता ठाउँमा योजना दिन मन पनि लाग्दछ ।

त्यस्तै नगर उपप्रमुख निरु पोखरेलले यो ठाउँ भविष्यमा कञ्चनरुपको नमुना बन्ने संकेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले जुन रुपमा तपाईहरुको जोस र जाँगर अनि सामाजिक एकता छ यही रुपमा जुट्नुस् नगरपालिका सधैं साथमा रहने छ ।

कार्यक्रममा सामाजिक विकास इकाई अधिकृत दुनियालाल यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यहरु अमरेन्द्र झा, कल्पना चौधरी, राज कुमार यादव, दलित विकास समिति सदस्य श्याम सरदार, जिल्ला संयोजक रामेश्वर यादव लगायत जसपाका र अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button