तनहुँमा नेकपा हटाएर एमालेको साइनबोर्ड
तनहुँ । सर्वोच्च अदालतले नेकपा विवादबारे गत आइतबार गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँको पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर मङ्गलवार एमालेको बोर्ड राखिएको हो ।
सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि पनि कार्यालयमा दुवै समूहले प्रयोग गरिरहेका थिए । बिहीबारदेखि कार्यालय पनि सञ्चालनमा आएको एमाले तनहुँका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।
‘माओवादी केन्द्रका साथीहरूलाई आज बिहान बिदा गरियो ।’ उहाँले भन्नुभयो ‘उहाँहरूको सामान र दस्ताबेजहरू पनि फिर्ता गरियो अनि आजैबाट साइनबोर्ड राखेर कार्यालय सञ्चालन गरियो ।’








प्रतिक्रिया राख्नुहोस्