तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो बर्दिबास महोत्सव सुरु

बर्दिबास । महोत्तरीको बर्दिबासमा तेस्रो बर्दिबास महोत्सव सुरु भएको छ ।

‘हिमाल, पहाड तराई कोही छैन पराई, एक आपसी सद्भावको पहिचान बर्दिबासलाई नमूना सहर बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तेस्रो बर्दिबास महोत्सव सुरु भएको हो ।

बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिबासको आयोजनामा मङ्गलवारदेखि सुरु भएको महोत्सवलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्नुभएको छ ।

महोत्तरीको औद्योगिक, कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवर्द्धनका गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कोरोनाले प्रभावित औद्योगिक, पर्यटन तथा व्यापार क्षेत्र महोत्सवले फड्को मार्नेमा विश्वास व्यक्त गर्नुभयो ।

महोत्सव आगामी चैत्र ८ गतेसम्म चल्ने बर्दिबास उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य शारदा देवी थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button