तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी एकता गर्नेभए १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह (आयोगको निर्णय सहित)

File Photo
काठमाडौँ । सर्वोच्च अदालतको फैसला आएपछि निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।
मङ्गलवार बसेको आयोगको बैठकले सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।
त्यस्तै सर्वोच्च अदालतको उत्प्रेषणको आदेशले नेपाल कम्युनिष्ट पाटी (नेकपा) स्वतः बदर भई पुरानै नाम कायम भएको हुनाले २०७५/०२/२३ गते पछि आयोगमा दर्ता भएका सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल किराँती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र लाई पुन १५ दिनभित्र आयोगमा नयाँ नाम प्रस्ताव गर्न जानकारी गराउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button