कैलाली पार्टी कार्यालयको साइनबोर्ड परिवर्तन
धनगढी । कैलालीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आज नेकपा (एमाले) को बोर्ड राखिएको छ ।
धनगढी उपमहानगरपालिका १ मा रहेको पार्टी कार्यालयमा आज नेकपा (एमाले) को बोर्ड राखिएको छ । त्यस क्रममा पार्टीका प्रदेश अध्यक्ष कर्ण बहादुर थापा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । यसै गरी टिकापुरमा पनि नेकपा (एमाले) को बोर्ड राखिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्