अपराधीलाई कारबाही गर्न कानुन निर्माणः मन्त्री अर्याल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमणमा संलग्न अपराधीलाई कारबाही गर्न सरकारले कडा कानुन निर्माण गरेको बताउनुभएको छ ।
१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक कार्यक्रममा मन्त्री अर्यालले विश्वका महिलाहरू धेरै अगाडी बढिरहँदा पनि नेपालका महिलाहरू अझै असुरक्षित रहेको बताउनुभयो ।
राजनीतिसँगै सबै निकायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री अर्यालले महिला जागरणमा सामुदायिक वन महासङ्घको ठुलो भूमिका रहेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्