तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बारा । सशस्त्र प्रहरी बल नेपाल नं.४० रिजर्भ गण हेडक्वार्टर पिलुवा बारा र एभरग्रिन तराई सिमरा अस्पताल सिमराको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा २५० जनाले आफ्नो स्वास्थ्यको चेक जाँच गराएका छन् । एभरग्रिन तराई सिमरा अस्पतालका दश जना चिकित्सकहरूले शिविरमा सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरमा स्वास्थ्य चेक जाँच गराउँनेहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.४० रिजर्भ गण हेडक्वार्टर पिलुवाका सशस्त्र प्रहरी उपरीक्षक मनोज थापाले जानकारी दिनुभयो ।

शिविरमा हाड जोर्नी, जनरल फिजिसियन, प्रसूति र दाँत रोगसम्बन्धी चिकित्सकको सहभागिता थियो । शिविरमा जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाको विभिन्न वडाका बासिन्दाहरू आफ्नो स्वास्थ्य चेक जाँच गराई लाभ लिएकाको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button