तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीको भीषण आगलागी स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख

धनगढी । धनगढीको चटकपुरस्थित एक फर्निचर उद्योगमा भएको आगलागी स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा पुग्नु भएको छ ।
धनगढी भ्रमणमा रहनु भएका प्रदेश नम्बर २ का प्रदेश  प्रमुख झा आइतबार बिहानै स्थलगत निरीक्षण गर्न पुग्नुभएको हो ।
बिहानै हिँडेर घटनास्थल पुग्नु भएका प्रदेश प्रमुख झाले सो उद्योग युवाहरूले मिलेर सञ्चालन गरी  धेरैलाई रोजगारी समेत दिएकोमा यो घटनाबाट आफू साह्रै दुखी भएको बताउनुभयो ।
सो आगलागीबाट करिब ८ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button