तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सप्तरी । राजविराजबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७ बस्ने भोगेन्द्र प्रसाद शर्माको २० वर्षीय छोरा महेश कुमार शर्मा र वडा नम्बर ५ बस्ने वीरेन्द्र साहको १९ वर्षीय छोरा प्रमोद साह रहेका छन् ।

उनीहरूलाई राजविराज नगरपालिका वडा नम्बर ६ बाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा खटेको वडा प्रहरी कार्यालय राजविराजका प्रहरी टोलीले उनीहरूलाई स ७ प ९६७० नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थलमा चेक जाँचको क्रममा उनीहरूको साथबाट कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली बरामद भएको हो ।

उनीहरु  उपर हातहतियार खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक धमलाले आज पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button